गायिका जुनी र गायक चोत्लुङको ‘झलमल खुल्छ, अधेरी रातमा’ सार्वजनिक (भिडियो सहित)

धरान -  पूर्वाञ्चल धनकुटाकी चर्चित गायिका जुनी खालिङ राई र गायक चोत्लुङ हाङ लिम्बुको संयुक्त आवाजमा रहेको ‘झलमल खुल्छ, अधेरी रातमा’ म्युजिक भिडियो गायिका जुनी खालिङ राईको युटुव च्यानल मार्फत सार्वजनिक गरेकी छिन्।

चर्चित युवा संगीतकार अनिल कोयी राईको संगीत रहेको गीतको कृष्णभक्त राईले सरल तरिकाले एरेन्ज गरेका छन् । योगेन मुकारुङले रेकर्ड गरेका गीत मिक्यिङ मास्टरिङ मुस्कान मुकारुङले गरेका हुन।

गीतकार जीवन खालिङ राईको शब्द रचना रहेको गीत सेवा रेकर्डिङ स्टुडियो अनामनगर स्थित काठमाडौं स्थित रेकर्ड गरिएको हो। सार्वजनिक गीत योकेन मुकारुङले स्टुडियो छायांकन गरेका गीतलाई जीवन मुकारुङले प्राविधिक संयोजन गरेका हुन्।

सार्वजनिक गीतमा नरजीत खालिङ राई, रिता खालिङ राई र अचेत आए राईलाई विशेष धन्यबाद प्रकट गरिएको छ।

म्युजिक भिडियो यहाँ हेर्नुस्