
काठमाण्डौ । पुर्वाञ्चल धनकुटाकी सुमधुरस्वरकी धनी गायिका जुनी खालिङ राई र गायक सुबास राईको आवाजमा रहेको लोकगीत आज जुनी खालिङ राईको अफिसियल युटुब च्यानल मार्फत “धनकुटा बजार...! सार्वजनिक गरेका छन् ।
सार्वजनिक लोकभाका गीतकार सुबास राईको शब्द संगीत रहेको गीतको एरेन्ज वरिष्ठ गायक तथा संगीतकार कृष्ण भक्त राईले गरेका हुन् । सुन्दरनगरी धनकुटाको परिवेशमा छायांकन गरिएको धनकुटा स्थित रिचमण्ड मिनी मार्ट, डिपार्टमेन स्टोर भित्रको दृश्यवलोकन समेत देख्न सकिन्छ ।
राज बान्तावा राईले छायांकन रहेको गीतको रेकर्डिङ पुर्वाञ्चल शाखा इटहरीमा गरिएको हो भने गीतको मिक्सिंग सेवा रेकर्डिङ अनामनगर काठमाण्डौ स्थित मुस्कान मुकारुङले गरेका हुन् ।
सार्वजनिक लोकभाका गीत तयार हुदा सम्म महत्वपूर्ण भूमिका निर्वाह गरेका जीवन खालिङ, लक्ष्मी राई, जीवन राई, कमल मगर, ममता मगर र गायक तथा संगीतकार कृष्ण कुमार राईलाई गायिका जुनी खालिङ राईले हाम्रो आवाज डटकमसंगको कुराकानीमा विशेष आभार व्याक्त गरेकी छिन् ।
म्युजिक भिडियो यहाँ हेर्नुस्