जुनी खालिङ राई र कृष्ण भक्त राईको “गाउधरको याद बोकी” पुर्वेली गीत सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ - पुर्वाञ्चल धनकुटाकी उदीयमान गायिका जुनी खालिङ राई र चर्चित गायक तथा संगीतकार कृष्ण भक्त राईको आवाजमा रहेको “गाउघरको याद बोकी” लोक भाकामा आधारित पुर्वेली गीत जुनी खालिङ राई अफिसियल युटुव च्यानल मार्फत आज सार्वजनिक गरेका छन्।

सार्वजनिक लोकभाका “गाउधरको याद बोकी” गीतका लेखक तथा गीतकार बसन्त लिम्बु (शम्भु) ले नेपाली समाजका बास्तविता उजागर गरेका छन् । गरिबका कारण पारिवारिक अवस्था मजबुद बनाउन बाध्यताले विदेशी भूमीमा श्रम गर्न पुगेका आफ्नो प्यारा, धरमा एकलै कठिन जीवन बिताउन बाध्य रहेकी आफ्ना मायालुको विषयमा समग्र नेपाली समाजका बास्तविकता उजागर गरेका छन् ।

सार्वजनिक गीतको संगीत कृष्ण कुमार राईले गरेका हुन।गायक जुनी खालिङ राईले हरेक गीतमा आफ्नोपना दिने गरेकी हुन्छिन। गायक तथा संगीतकार कृष्ण भक्त राईको आवाज भन्ने वित्तिकै पुर्वाञ्चल परिचित छन् । पछिल्लो समय राम्रो ऐरेन्ज समेत गरिरहेका गायक राईले यस गीतको ऐरेन्ज पनि स्वय गायक राईले नै गरेका हुन् ।

सार्वजनिक गीत सेवा रेकर्डिङ स्टुडियो, अनामनगर काठमाण्डौ र पुर्वाञ्चल रेकर्डिङ स्टुडियो इटहरीमा गरिएको गीतको मिक्सिंग, मास्टरिङ काठमाण्डौ स्थित मुस्कान मुकारुङले गरेका हुन् । यस म्युजिक भिडियोको छायांकन राज बान्तावा राईले गरेका हुन् भने प्राविधिक पक्षको संयोजन इडिटिङ जीवन मुकारुङले गरेका हुन्।

म्युजिक भिडियो यहाँ हेर्नुस्