काभ्रेको देवीस्थान डाँडाबाट अब व्यावसायिक प्याराग्लाइडिङ गर्न सकिने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले यस स्थानमा ‘विश्व बजार प्याराग्लाइडिङ जोन’ तोकेको हो । यो स्थान धुलिखेल नगरपालिकामा पर्छ । गत साउनमै यस स्थानमा परीक्षण उडान भएको थियो ।
प्राधिकरणले टेकअफ पोइन्ट देवीस्थान डाँडालाई तोकेको छ भने ल्यान्डिङ पोइन्ट बादल गाउँलाई तोकेको छ ।
पछिल्लो समय काठमाडौं उपत्यका नजिक प्याराग्लाइडिङ गतिविधि बढ्दो क्रममा छ । काठमाडौंको चन्द्रागिरिबाट उडेर मकवानपुरको चित्लाङ अवतरण हुने गरी प्याराग्लाइडिङ सञ्चालनमा छ ।