
शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई महाराजगन्जको शिक्षण अस्पतालमा भर्ना भएका छन्। कानको अप्रेसनको लागि उनी आज अस्पताल भर्ना भएको उनको सचिवालयले जानकारी दिएको छ। उनको आजै अप्रेसन हुनेछ।
शिक्षा मन्त्रीको सचिवालयले भनेको छ,‘शिक्षामन्त्री माननीय अशोककुमार राईज्य"को भोलि मिति २०८०/०८/०४ गते महाराजगन्ज काठमाडौंस्थित शिक्षण अस्पतालमा कानको अप्रेसन हुने भएकोले माननीय मन्त्रीज्यूको मोबाइल फोन केही दिन बन्द रहने जानकारी गराउँदछु, अप्रेसनपछि कम्तीमा ५ दिन अस्पताल (भिआइपी क्याबिन नं ६०१) मा रहनु हुनेछ।’