काठमाण्डाै उपत्यकाका सडक : घाम लागे धुलाम्मे, पानी परे हिलाम्मे

काठमाण्डाै उपत्यकाभित्रका प्रायजसाे सडककाे अवस्था नाजुक छ । खाल्डाखुल्डी, अलपत्र तार, पानी पर्दा हिलाम्मे र पानी नपर्दा धुलाम्मे हुने यी सडकका कारण उपत्यकाकाे स्वरुप नै बिग्रिएकाे छ।

खाल्डाखुल्डीले भरिएकाे सडकमा दुर्घटना हुँदा धेरैले अकालमा ज्यान गुमाएका छन् । सडकमै बगेकाे ढल, धुवाँधुलाे र फाेहरका कारण थुप्रै राेगी भएका छन् ।

सडककाे यस्ताे दुराअवस्थाबारे सरकार  भने बेखबर छ । उपत्यकाभित्रैका सडककाे हालत यस्ताे हुँदा उपत्यका बाहिरकाे सडककाे अवस्था याे भन्दा नाजुक छ । सडककै कारण हुने दुर्घटनाकाे जाेखिम न्यूनीकरण गर्न र नागरिककाे दैनिकीमा परेकाे असरबारे सरकारले ध्यान दिनु जरुरी छ ।