जति नजिक थियौं
उतिनै टाढ़ा भएकाछौं
कोरोनाको प्रकोपले
बिचारा भएकाछौं!
शक्तिशालीको शक्तिपनि देखायो
केही नलाग्ने रैछ प्रकृतिको अघि
लाचार भएकाछौं!
यो एवटा सिकाई भो - मान्ने हो भने
नमान्ने हो भने कसको के लाग्छ र ??
व्याभिचारी भएकाछौं!
मान्छे हौं कराउन मात्र जान्याछौं
प्रकृतिको गुपचुप तर गतिशील गुनासो नसुन्ने
कानभएका बहिरो भएकाछौं
यो मेरो त्यो तेरो भन्ने तर्कनालाई शुन्यतामा झारी
सम्पुर्ण विश्व एवटै धरातलमाथि उभिएको
कुरा नबुझ्ने अज्ञानी भएकाछौं!
जति नजिक थियौं
उतिनै टाढ़ा भएकाछौं
कोरोनाको प्रकोपले
बिचारा भएकाछौं...!!
✍ डा. सुमाया राई ( हाल- बेलायत)