अनेसास कोलोराडो च्यापटरको आयोजनमा कवि वसन्त श्रेष्ठको एकल कविता वाचन कार्यक्रमको सम्पन ।

✍️हाम्रो आवाज न्यूज ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको आयोजनामा कवि वसन्त श्रेष्ठको एकल कविता वाचन कार्यक्रम जाइका रेष्टुरेन्टब्रुमफिल्ड कोलोराडो सम्पन भएकोछ ।

यथास्थानमा आसन ग्रहण गर्दै कार्यक्रममा अनेसासका बोर्ड अफ ट्रष्टिजका उपाध्यक्ष पदम विश्वकर्मा ,
अनेसास, कोलोराडो शाखाका सल्लाहकार तथा अनेसास ट्रष्टी डा. विजयराज शर्मा ,अनेसास, केन्द्रीय सदस्य तथा कोलोराडो शाखाको पूर्व अध्यक्ष तारा अधिकारी
अनेसास, कोलोराडो शाखाका पूर्व अध्यक्ष कृष्णमुरारी ढुङेल , रक्किमाउटेन फ्रेन्ट्स अफ नेपालका अध्यक्ष टिका पौडेल लगायत कोलोराडोमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधि बुद्धिजिवी कलाकार पत्रकारहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कवि श्रेष्ठलाई कोलोराडो शाखाको अध्यक्ष राजु सिटौला लगायत कार्यसमितीका पधाधिकारीहरुले खादा र फूलका गुच्छा साथै मायाको चिनो दिएर स्वागत गरेका थिए । कवि वसन्त श्रेष्ठको संक्षिप्त जीवनीको बिषयमा अनेसास, केन्द्रीय सदस्य तथा कोलोराडो शाखाको पूर्व अध्यक्ष तारा अधिकारी र बोर्ड अफ ट्रष्टिजका उपाध्यक्ष पदम विश्वकर्माले योगदानको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा एक दर्जन कविता सुनाएका कवी श्रेष्ठको कविता भित्र देश प्रेम ,बिदेशको भोगाइ ,कतै मायालुको यादहरुको बिम्बहरु पोखिएको भेटिन्थ्यो । किरण अधिकारीले सन्चालन गरेको कार्यक्रमलाई अनेसास, कोलोराडो शाखा अध्यक्ष राजु सिटौलाले कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिदै बिसर्जन गरेका थिए ।