कविता -“मृत्युलाई पत्र”

जीवन सार्थक बनाउन
केहि संझना याेग्य काम गर्दैछु
अाफु बाँचेको समाजका लागि
अाफु जन्मेकाे देशका लागि
अाफु जस्तै मानव जातिका लागि
त्यसैले,
प्रिय यमराज दाई
तपाईंले मृत्युको काेसेली नपठाउनु हाेला
यता अाउने कष्ट नगर्नु हाेला
म अाफै मृत्यु पत्र बाेकेर
तपाईंकै ठेगानामा चाडैं अाउनेछ ।

मलाई धेरै बाँचिरहनु मन छैन
थाेरै समयमा धेरै काम गर्नु छ
केहि खास याेगदान गरेर
पानीका फाेका झै हराउनु छ
त्यसैका लागि
भगवानले पठाएको हाे भनेर
ठुला ज्याेतिषले भनेका थिए
महान विध्दानले पनि
विशेष तत्वले बनेका छाै भनेर
प्रयाेगशालामा परिक्षण गरेका थिए
हाे,।

त्यही काम सम्पन्न गर्न
अलि बढी व्यस्त छु
जीउँदा भगवान बाअामाकाे
सपनाहरू अधुरो पार्न मिल्दैन
भराेशा गर्ने मान्छेलाई पनि
धाेका दिन मिल्दैन
केहि इतिहास काेरेर
केहि युग बदलेर
म अाफै मृत्यु पत्र बाेकेर
यमराज दाई
तपाईंको राज्यमा हाजिर हुनेछु ।
हरेक मान्छेहरु
दुई दिनकाे पाहुना हाे
सांसरिक नाटकको भुमिका
विभिन्न पात्र बनेर खेलिदिनु छ ।

त्याे काम पनि चाडै हुन्छ
केही दिन ढिलोचाडाे हाेला
कदापि दुःख नमान्नु हाेला
बिन्ती नरिसाउनु हाेला
याे जिन्दगी तपाईंकै हाे
यमराज दाई
अाफै अाफ्नाे मृत्यु पत्र बाेकेर
तपाईंको संसारमा
उपस्थिति हुने बाचा भाे
साँच्चै नेताले जस्तो ढाटेर
तपाईंलाई झुक्याउने छैन
पानी जस्तै बगिरहने
याे मानिसको जीन्दगिमा
कतै भुल गरे भने

अन्याय र शाेषण गरे भने
केहि थान लाेभ,इष्या गरे भने
जाेशमा घमण्ड गरे भने
थाहा नपाई हिंसा गरे भने
भ्रम र असमानताकाे बिउ राेपे भने
ती सारा चिज
फल्न र फुल्न नपाउँदै
तपाई याे जीवन लिलाबाट
मेराे जिन्दगी
कसैलाई लिलाम गरिदिनु
बिचैमा प्राण खाेसिदिनु
नत्र भने,
यमराज दाई
तपाई चिन्ता नमान्नु हाेला
याे अकाट्य मृत्यु पत्र बाेकेर
तपाईंको किल्लामा जबर्जस्ती अाउनेछु
अाफ्नाे मृत्यु पत्र अाफै बाेकेर
तपाईंको ठेगानामा
अाफुलाई ठेगान लगाउन
एक दिन अाफै अाउनेछु ।।

✍️प्रेमा संगम
कालिन्चाेक - ६ दाेलखा
हाल काठमाडौ ।