
हतियार बनायौं
दम्भको बारूद भरेर
निर्दोश बस्तिहरूलाई
खरानी बनायौं ।
पैसाको कारखाना खोलेर
अंहमताको खल्ती भरी
पसिनाको हाट बजारमा
मोलमोलाई गरिरहेछौ ।
प्रेमका कथाहरू कुल्चदै
रिसका पोकाहरू बोकेर
नटुङिने लामो बाटोको
उल्टो यात्रा गरिरहेछौ ।
त्यो यात्राको सारथी बनी
रगताम्य झण्डा गाड्न पहाड चड्दै छौ
घमण्डको चुचुरोमा पुग्दा नपुग्दै
एक दिन गर्ल्याम्म ढल्ने छौ ।
✍️ सरोज भुसाल
बेस्टमिन्सटर , कोलोराडो ।