
✍️गौतम सागर राई,कोलोराडो अमेरिका। फ्लाई नेपालको को बिशेष आयोजनामा यही जुन १४ तारेख शनिबार युटुबमा अरुको कथा सुनाउँने भन्ने कथा वाचक साईग्रेस पोखरेल प्रत्यक्ष कथा सुनाउन अमेरिकाको कोलोराडो आउने भएका छन ।
Durbar Nepali and Indian Bistro Restaurant 6590 W 120 TH Ave Broomfield Co 80020 मा साँझ ७ बजे शुरु हुने सो कार्यक्रममा प्रति ब्यक्ति टिकट $२० डलर तोकिएकोछ।
अब सुन्छ अमेरिका भन्ने मुल नाराको साथ हुन लागेको उक्त कार्यक्रम भब्य र सब्य बनाउन कोलोराडोमा रहेका नेपाली भाषीहरुलाई आयोजक कमिटिका संयोजक सुमन केशीले सबैलाई हार्दिक निमंत्रणा गर्दै कोलोराडोमा फरक धारको यस्तो कार्यक्रम पहिलो पटक हुन लागेको हाम्रो आवाज अनलाईन न्यूजलाई बताएका छन ।