दिनेश किराती
तातो हावा तातो गोली खाने युवाहरू
आफ्नै शान्ति मात्री भुमी सम्झी बस्ने हरु।
फर्क आफ्नै देश फर्क फर्क आफ्नै देश
नबिर्स है कहिलेपनी सिमा लुट्ने हरु।
कती गर्छौ आर्काको पाले चौकिदारि
आफ्नै देशको सिमा सम्झ टिष्टा कांगाडा
हिजोको पुर्खा बिस्वलाई जित्नेआज छन कमारा
सालै पिच्छे ओइलेर झर्छ फुल झैं त्यो सम्झना।
हिजोको सुस्ताअस्तीको टिस्टाआजको लिपुमा
कति बस्छौ सिमाना लुटाई आफैलाई मारेर।
नेपाली आमा रुएको हेर्दै बस्ने हो अब कति
एकजुट भई लडौ यो कर्म गरौं नराखौं अब थाती।
नेपाली आमा लुटिन्छन साझा दशगजा हेरन
वीर को सन्तान हौ भने तिमी डटेर लडन।
नेपाली आँसु जमिन्छन त्याहा टिलपिल भएर
आमाको आँसु पुछ्नुछ त्याहा फर्केर आएर।
गाउँको माया माटोको माया उहीँ छ बाटोको
एक मुठी सास रहुन्जेल सम्म उहीँ माया देशको।
लड्यौ कार्गिल तुवाङ, कुइमा, बर्मा र कोसोभो
यस्तै रैछ बैरी मित्र धेरै भयो सोंचेको।
एक जुट भई लाडि मुक्तिको बाटो रोजौं है साराले।
निल्नै आँट्यो यो देश लाई साथि छिमेकी देशले।
आमा हामिलाई दियौ तिमिले सान्तीभुमी नेपाल
स्वतन्त्रै थियो स्वतन्त्रै हुर्कियो मात्रीभुमी नेपाल
तिम्रै काखमा मर्न मन छ जहाँ रहोस यो ज्यान
आफ्नै देशको एक मुठी माटोले बनोस मेरो चिहान।
- हाल लखनउ भारत