केरलामा कोरोनाको आशंका तीन हजार निगरानीमा

काठमाण्डौ। चीनको हुबेइ प्रान्तबाटमहामारीको रुपमा फैलिएको प्राणघातक नोवेलकोरोना भाइरसको संक्रमणको आशंकाभारतको केरला राज्यस्थित स्थानीय स्वास्थ्यविभागले तीन हजार भन्दा धेरैलाई स्वास्थ्यनिगरानीमा राखेको छ। तीमध्ये केहीब्यक्तिलाई अस्पतालमा भर्ना गरेको स्वास्थ्यअधिकारीहरुले जनाएको छ ।

स्वास्थ्य विभागले करिब ३४५ जनाको रगतकोनमुना परीक्षण गर्दा ३२६ जनामा कोरोनाभाइरसको संक्रमण नदेखिएको बताएको छ ।स्वास्थ्य विभागले जारी गरेको विज्ञप्तिमाभनिएको छ, ‘चीनबाट फर्किएका व्यक्तिकोरक्त परीक्षण गर्दा कोरोना भाइरसको संक्रमणनदेखिए पनि स्वास्थ्य निगरानीमा राखिएकाव्यक्तिको रगत परीक्षणको रिपोर्ट आउन बाँकीरहेको छ ।’

चीनबाट फर्किएका प्रत्येकब्यक्तिलाई १८दिनसम्म घरबाहिर हिँड्डुल नगर्न परामर्श दिएकोसाथै नजिकको स्वास्थ्य केन्द्रमा जँचाउनभनिएको उल्लेख छ । चीनबाट फर्किएकाविद्यार्थीको प्रयोगशाला परीक्षण गर्दा कोरोनाभाइरसको संक्रमण नदेखिएको अस्पताललेनिकालेको विज्ञप्तिमा उल्लेख गरेको छ।