हिमालयन हाउस मकाउमा केशव राईको “नागवेली केस तिम्रो...! सार्वजनिक (भिडियो सहित)

मकाउ । पुर्वेली गायक तथा सर्जक केशव राई विगत धेरै लामो समयदेखि मकाउलाई कर्मभूमि बनाउदै नेपाली सागीतिक क्षेत्रमा आफ्नो निरन्तरता दिदै आएका गायक राईले लकडाउनको समयमा “नाग वेली केस तिम्रो...!” सार्वजनिक गरेका छन् ।

गायक केशव राईको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख अतिथि गैरआवासीय नेपाली संघ मकाउका अध्यक्ष पुर्ण बहादुर गुरुङ, विशेष अतिथि गीतकार तथा किराया मकाउका महासचिव, एनआरएन आईसीसी सदस्य मंगल राई, अतिथि तामाङ धेदुङ समाजका महासचिव शुक्र लामा, किराया अध्यक्ष भिम कुमार राई, तमु समाज मकाउका सचिव राजेश गुरुङ, अतिथि शेर्पा समाज मकाउका कोषाध्याक्ष छिरिङ शेर्पा रहेको कार्यक्रममा स्वागत मन्तव्य विष्णु केसीले गरेकी थिइन भने स्वागत नृत्य सशी गुरुङको रहेको कार्यक्रममा राजेश गुरुङ, छिरिङ शेर्पा ‘क्षितिज’, शुक्र लामा, भिम कुमार राई, मंगल राई, पुर्ण बहादुर गुरुङले आफ्नो धारणा राखेका कार्यक्रममा गायक केशव राई र  सशि गुरुङले विमोचन भएका गीत गाएका थिए । आयोजित कार्यक्रम वीरेन्द्र वाइबाले संचालन गरेका थिए । आयोजित कार्यक्रममा कलाकार समुहलाई सम्मान स्वरूप प्रशंसा पत्र वितरण गरेका थिए ।

मकाउमा विमोचन भएका गीतको अनुभवी संगीतकार कृष्ण भक्त राईको संगीत रहेका गीतमा फिचरिङ विकाश सापकोटा, बिष्णु केसीले गरेका छन् । श्रृङगार रिता राई, कुमारी लिम्बु, यातायातमा पदम लामा, म्युजिक भिजियोको छायांकन महेश जोशीले र निर्देशक वीरेन्द्र वाईबाले गरेका छन् ।

मकाउको सुन्दर स्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा कलाकार शुशिला राई, पार्वती लिम्बु, गीता मगर शेर्पा, सशि गुरुङ लगायदको नृत्य रहेको छ। यसरी मकाउमा छायांकन गरिएको म्युजिक भिडियो “नागवेली तिम्रो केस...!” पहिलो रहेको यस म्युजिक भिडियो निर्देशकले हाम्रो आवाजसंगको कुराकानीमा बताएका छन् ।

भिडियो यहाँ हेर्नुस्