खै के भयो के भयो म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । गीतकार तथा संगीतकार रमेश मगरको “खै के भयो के भयो…” बोलको म्युजिक भिडियो चर्चित गायक तथा संगीतकार सन्तोष दुमी अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

सुस्त हावा शितल छायाँ, नसम्झाउ अतितका ती तिता पल जस्ता गीतमा संगीत समेत दिइसकेका गीतकार रमेश मगर केही बर्षदेखि रोजगारिको शिलशिलामा हाल दक्षिण कोरियामा रहेका छन् ।

गीतकार रमेश मगरको “खै के भयो के भयो…” बोलको यस गीतमा गायक राजेश पायल राईले आवाज दिएका छन् । यस म्युजिक भिडियोमा चर्चित प्रर्याङक स्टार तथा मोडल एलिस राई, नग्मा श्रेष्ठ तथा निनाम हाङ राईको मुख्य अभिनय रहेको छ । यस भिडियोमा किशन भुषालको कोरियोग्राफि रहेको छ भने धन खालिङ तथा श्री थापाको छायांकन रहेको छ ।

यस म्युजिक भिडियो मार्फत आफुले मन पराएका सबै राम्रा कुराहरु पाउन सकिन्न भन्ने सन्देश दिन खोजिएको यस म्युजिक भिडियोमा कलाकारहरुको उत्कृष्ट प्रस्तुति रहेको देख्न सकिन्छ । धन खालिङको सम्पादन रहेको यस म्युजिक भिडियोलाई चर्चित गायक, संगीतकार सन्तोष दुमीले निर्देशन गरेका हुन् ।

म्युजिक भिडियो यहा हेर्नुस्