
गीतकार कवी ज्ञानेन्द्र गदाल समय अनुसार कलम चलाउन सिपालु सर्जक हुन । बिगत लामो समय देखी अमेरिकाको कोलोराडोमा बसेर अक्षरको खेती लगाउछन कहिले गीत बाटै सिमा मिचिएको खबरदारी गर्छन,कहिले अफ्ठ्यारा प्रकृती संग जुध्न मानविय संम्बेदना सबै संग बाढ्छन,हो लेखकको एउटा ठुलो धर्म यो नै हो । अहिले कोरोरा भाइरसले बिश्बभरी त्रसित बनाइ रहेको बेला हामी सबै मिलेर यसको सामना गरौ भन्दै गीतकार गदालले गीत बाट नै आग्रह गरेका छन ।
राज सागरको स्वर तथा संगीतमा र राहुल विश्वकर्माको संगित संयाजनमा तयार पारिएको गीतमा बर्तमान विश्वको अवस्था चित्रण गर्न खजिएको छ ।
यो कस्तो खतराको प्रहर आयो
धर्ती र हावामा जहर पलायो
सर्बत्र चर्चा छ मर्ने कुराको
सबको आँखामा अँध्यारो छायो
मृत्युको छेउमा परेको जस्तो
अवस्था कुनबेला हुने हो कस्तो
घरभित्रै बन्दी बनेका सारा
के पो हुँदैछ संसारमा यस्तो
कोही देखिंदैनन्, जीवन बचाउने
कोहि भेटिंदैनन्, मनलाई हँसाउने
भयो हाल कस्तो, जगतको आज
गर्यो छट्पटिले, मन भित्र राज ।
शव्द-ज्ञानेन्द्र गदाल
संगीत स्वर-राज सागर
संगीत संयोजन - राहुल बिश्वकर्मा