खोटाङको जन्ते ढुङगा गाउपालिकामा कोरोना टेष्ट, सबैको नेगेटिभ

खोटाङ । खोटाङको जन्तेढुङा गाउँपालिकामा गरिएको र्यापिड डाइनोस्टिक टेष्ट ( RDT) मा १९ जनाको टेष्ट गरिएको छ। सबैको टेष्टमा रिपोर्ट नेगेटिभ देखियो। भारत र तेस्रो देशबाट आफ्नो गाउँ फर्केरहरु क्वारेन्टाइनमा बसेका थिए। यो टेष्ट ती क्वारेन्टाइनमा बसेका ब्यक्तिहरुको टेष्ट गरिएको हो ।

खोटाङका दश वटा गाउपालिकाहरुको करीब २ सय व्याक्तिहरुमा स्वास्थ्य परीक्षण गरिने भएको छ। खोटाङमा बैशाख ३ गत्तेदेखि  RDT प्रारम्भ गरिएको छ ।

जोखिम मोलेर अभियानमा खटिएका सम्पुर्ण स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरु प्रति हार्दिक आभार व्यक्त गर्दै प्रतिनिधिसभाका सांसद विशाल भट्टराईले जानकारी दिएका हुन।