चर्चित गायिका खुसी थुलुङ राईको डान्सिङ नम्बर गीत ‘बोलु बोलु लाग्छ मलाई ‘भिडियो सहित सार्वजनिक ।
✍हाम्रो आवाज न्यूज ।चर्चित गायिका खुसी थुलुङ राइले डान्सिङ नम्बर गीत ‘बोलु बोलु लाग्छ मलाई ‘सार्वजनिक गरेकी छिन ।१६ बर्ष उमेर पुगेपछि हरेक युवतीहरुको मनका भावनाहरु के के हुने गर्छन त्यी सम्पूर्ण भावनाहरु गीतकार एबम संगीतकार कन्चन थलङ लिम्बुले गीतमा समेटेका छन् ।
स्वदेशमा मात्र नभएर विदेशमा समेत निर्देशन गरिरहेका लोकप्रिय युवा निर्देशक युगल पोमोले निर्देशन गरेको ‘बोलु बोलु लाग्छ मलाई ‘को भिडियोमा ह्यान्डसम मोडेल ह्यारी योञ्जन र टिक टक क्विन भनेर समेत चिनिएकी बिना राउतको अभिनय रहेको छ ।
भिडियोमा निर्देशक पोमो र साल्मोन तामांगको कोरियोग्राफी छिरिङ्ग शेर्पाको श्रंगार र सुक्नीता चौलागाईको पोशाक रहेको छ । गीतको भिडियोलाइ तेलकोटको रमणीय दृश्यमा छायांकन गरिएको हो ।भिडियोमा बरिस्ठ शिव ढकालको सिनेमाटोग्राफी र अनिल कुमार महर्जनले सम्पादन रहेको छ । गायिका खुसी थुलुङको अफिसियल युट्युब च्यानल Khushi Thulung बाट सार्वजनिक गरिएकोछ ।
भिडियो लिकं यहाँ