९ औं किराँत राष्ट्रिय अधिवेशन कोलोराडोको डेन्भरमा हुदै।

✍️गौतम सागर राई,अमेरिका कोलोराडो । किराँत कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाको आयोजनामा अमेरिकाको कोलोराडो राज्यको डेन्भर शहरमा यही  जुलाई ५,६ र ७ तारिख ९ औं किराँत राष्ट्रिय अधिवेशन हुने भएको छ ।

तीन दिन सम्म चल्ने सो अधिवेशनमा अमेरिकाको ३६ वटा राज्यहरूबाट किराँत समुदायका प्रतिनिधिहरूको सहभागीता रहनेछ। पहिलो दिन वार्षिक सम्मेलन २०२४ साथै माङसेवासाबा समितीको सम्मेलन हुनेछ।यसैगरी दोस्रो दिन वर्षीक खिबेक्वा याक्वा सेवा २०२४ उभौली सेवा हुने साथै विभिन्न राज्यहरूबाट आएका धर्मावलम्बीहरूबाट संस्कृती झल्काउने भेष भुषा साथै बिभिन्न विषय वस्तुहरूको प्रर्दशनी गरिनेछ।तेस्रो दिन वार्षिक संस्कृति कार्यक्रम साथै विभिन्न राज्यहरूबाट आएका कलाकारहरुको नृत्य प्रतियोगिता साथै किराँत बिघार्थीहरुको सम्मान कार्यक्रम रहेकोछ।

पहिलो पटक अमेरिकाको कोलोराडो राज्यमा आयोजना हुन लागेको सो अधिवेशनमा करिब ५०० जनाको सहभागीता रहने अनुमान गरिएको छ । किराँत कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाले आयोजना गरेको कार्यक्रमको किराँत कल्चरल सोसाइटी अफ कोलोराडोले कार्यक्रम भब्य तयारी गरिरहेको एक पटकास्ट कार्यक्रममा बोल्दै सो कार्यक्रमका आयोजक कमिटीका सदस्य तथा गीतकार मणि खालिङले जान्कारी गराएका छन।