सम्मान -पत्र वितरण कार्यक्रम सम्पन्न।

✍️हेम गिरी कोलोराडो अमेरिका।अमेरिकाको कोलोराडोस्थित डेन्भर शहरमा गत जुलाई ५, ६ र ७ तारिक त्रिदिवसीय कार्यक्रमको बिच सम्पन्न भएको ९ औ किराँत राष्ट्रिय अधिवेशनको आयोजक समितिले जुलाई २० तारिक एक कार्यक्रमको आयोजना गरेर कार्यक्रममा आर्थिक सहयोग गर्ने प्रायोजक, आयोजक समितिका संसेवक, सल्लहाकार समिति , आयोजक समितिका कलाकारहरु अनि कार्यक्रमको समाचार प्रकाशन प्रशारणमा सहयोग गर्ने संचारकर्मीहरुलाई सम्मान तथा प्रमाण पत्र प्रदान गरेको छ ।

किराँत कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाले र  किराँत कल्चरल सोसाइटी अफ कोलोराडोको आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रायोजक रुपमा सहयोग गर्ने कोलोराडोमै रहेको (आर एण्ड ए) होमकियर का केदार खतिवडा, व्यवसायी गंगा कोइराला, बिदुर क्षेत्री, रेखा धौराली, विर्ख गुरुङ लगायतलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

त्यसैगरि कार्यक्रमको समाचार प्रकाशन अनि प्रशारणमा सहयोग गरेकोमा संचारकर्मी गौतम सागर राई र हेम गिरीलाई सम्मान पत्र प्रदान गरिएको आयोजक समितिका संयोजक मणी राईले बताए । अमेरिकाको ३६ वटा राज्यहरूबाट किराँत धर्मावलम्बी र किराँतसँग सम्बन्धित सँघ संस्थाहरूको प्रतिनिधीहरूको सहभागीता रहेको कार्यक्रममा व्यस्थापनमा सहयोग गर्ने आयोजक समितिका संसेवकहरुलाई समेत सम्मान पत्र प्रदान गरिएको थियो । त्यसै कार्यक्रममा किराँत मन्दिर निर्माणमा आर्थिक सहयोग गर्नेहरुलाई समेत सम्मान पत्र प्रदान गरिएको थियो ।

                     पहिलो चोटि कोलोराडोमा आयोजना भएको सो अधिवेशनमा करिब ५०० जनाको सहभागीता रहेको थियो  । त्रिदिवसीय कार्यक्रममा २०२४  साथै माङसेवासाबा/मा समितीको सम्मेलन  खिबेक्वा याक्वा सेवा २०२४ उभौली सेवा हुने अनि त्यसै दिन विभिन्न राज्यहरूबाट आएका धर्मावलम्बीहरूबाट संस्कार संस्कृत झल्काउने भेष-भुषा अनि अन्य विषय वस्तुहरूको प्रर्दशनी र  संस्कृति कार्यक्रम साथै विभिन्न राज्यहरूबाट आएको कलाकारहरुको नृत्य प्रतियोगिता सम्पन्न भएको थियो । 


नृत्य प्रतियोगितामा सहभागी भएर तेस्रो स्थान हासिल गरेका कोलोराडोका कलाकारहरु समेत नगद पुरुस्कारसंगै सम्मान पत्र प्रदान गरिएको थियो । सो प्रतियोगितामा कोलम्बस दोस्रो अनि सिन्सिनिटि प्रथम भएको थियो । विदेशमा रहेर आफ्नो धर्म, शास्त्र, परम्परा र दर्शन जोगाउन लागि परिरहेका विभिन्न धार्मिक संस्थाहरू मध्ये किराँत कम्युनिटी अर्गनाइजेसन अफ अमेरिका पनि एक विशेष संस्था हो ।

यस अघिका किराँत राष्ट्रिय अधिवेशनको कार्यक्रमहरू अमेरिकाको  टेक्सेस, ओहायोको ३ वटा शहरहरूमा, जर्जिया, केन्टुकी, यूउटा अनि टेनेसी राज्यहरुमा सम्पन्न भएको थियो । १० औ अधिबेशन आइओवा राज्यमा हुने संयोजक मणी राईले बताए ।