किरात राई यायोक्खा मकाउले पुर्खा दिवस “तयामा खियामा” मनायो

मकाउ- किरातीहरुको पुर्खा दिवस “तयामा खियामा” किराया मकाउका अध्यक्ष भिम कुमार राईको अध्यक्षतामा आयोजित कार्यक्रममा तयामा खियामा दिवस मकाउ स्थित हिमालयन रेष्टुरेन्टमा भव्य रुपमा मनाएको छ।

किरात राई यायोक्खा मकाउमा आयोजित एक कार्यक्रममा किराती पुर्खा दिवस “तयामा-खियामा” बारेमा संस्थाका अध्यक्षले प्रस्ट पार्दै आगामी किराया मकाउको अधिवेशनका लागि समेत सामान्य छलफल गरेको किराया मकाउका अध्यक्ष भिमकुमार राईले बताए। किराया मकाउले नया नेतृत्व छनौट गर्न आन्तरिक छलफल समेत गरेका थिए।

विश्वभर किराती पुर्खा तयामा खियामा दिवस प्रत्येक बर्ष किराती समुदायहरुले आफ्ना पुर्खाको सम्झनामा मनाउदै आइरहेको छ। कोरोना भाइरसका कारण यो विषम परिस्थितिमा पनी किरात राई यायोक्खा मकाउले आफ्नो पुर्खा दिवस मनाएको हो। किरातीहरुले आफ्नो पुर्खा तयामा खियामा आधुनिक सभ्य युगको परिकल्पनाकारको रुपमा मान्दै आएका छन् । विश्वभर किरातीहरुले तयामा खियामा मनाउदै आएका छन्।