
✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका।कोलोराडोबासी नेपालीहरूको सॉंस्कृतिक केन्द्र नेपालीघरमा तेश्रो मुना इही सम्पन्न भएको छ ।

नेवाःखलः कोललोराडोको आयोजनामा खलःका कार्यसमिति, स्वयंसेवक र इहीमा संलग्न कन्याहरूका परिवारहरूको समुपस्थितिमा इही संस्कार बिधी पूर्वक सम्पन्न गरिएको हो ।

गुरू द्योभाजु बीरेन्द्र राजोपाध्याय तथा गुरूमां प्रतिभा शर्माद्वारा सम्पन्न भएको कार्यक्रममा फ्लोरिडाका प्रगति कंसाकार, वेस्टमिन्स्टरका आभा तिमिला र इरीका दृष्टि श्रेष्ठ इही संस्कारबाट लाभान्वित भएको मिसा कवका कजि रमिता तुलाधर रमिता तुलाधरले बताएकी छन् ।

सनातन धर्मग्रन्थ अनुसार, रजस्वला भइसकेको कन्यालाई कन्यादान गर्न नमिल्ने भएकोले बाल्यावस्थामा नै भगवान् श्री सुवर्ण कुमारलाई कन्यादान गरिने यो संस्कार नेवाः तजिलजिमा महत्वपूर्ण मानिएको छ । नेवार समुदायका कन्याहरुको बाल्यावस्थामा नै भगवान् सुवर्ण कुमारसँग बैदिक तन्त्र निर्देशन अनुसार इही संस्कार सम्पन्न भैसकेपछि कहिले पनि बिधवा नहुने शास्त्रीय मान्यता छ ।

नेवार महिलाहरुले सौभाग्यका लागि व्रत बसी कामना गर्नु पर्ने आवश्यकता धर्मशास्त्रले देखाएको छैन । यसै कारणले सनातन हिन्दू नै भएतापनि नेवार महिलाहरुले तीजको व्रत लिदैंनन् ।

कोलोराडोमा नेवाः समुदायको जनघनत्व बढेसॅंगै १५ वर्षअघि स्थापित नेवाः खलःले नेपालभाषा र नेवारी संस्कृति, संरक्षाण र पहिचान मार्फत नयाँ पुस्तालाई सूसुचित गराउँदै आएको छ ।