कोरियाले ३ महिना भिसा थप गर्ने
✍जीवन खत्री, दक्षिण कोरिया सउल - दक्षिण कोरिया सरकारले यहाँ रहेर भिसा अवधी समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस समस्याका कारण स्वदेश फर्किन असम्भब भएका बिदेशी नागरिकहरूलाई लक्षित गरि भिसा थप्ने निर्णय गरेको न्याय मन्त्रालयले बिहीबार जनाएको छ । यसबाट कोरियामा रहेर भिसा अवधी समाप्त भएका र हुन लागेका नेपालीहरूले पनि भिसा अवधी बढाउन सक्नेछन् ।
आगामी मे अन्त्यसम्म कोरियामा कार्यरत ६० हजार विदेशी मजदुरको भिसा सकिदै छ l बिशेषत उनीहरूलाई लक्षित गरि यो निर्णय गरिएको हो । यसरी भिसा थपिएको यो दोस्रो पटक हो । कोरोना भाईरस समस्याकै कारण यस अघि फेब्रुअरीमा पनि कोरिया सरकारले भिसा अवधी समाप्त भएका विदेशीहरूलाई ५० दिन भिसा थप्ने निर्णय गरेको थियो र उक्त निर्णयबाट भिसा अवधी समाप्त भएका नेपाली लगायत १ लाख ३० हजार विदेशी नागरिकले आफ्नो भिसा अवधि बढाएका थिए ।
यो निर्णयसँगै फेब्रुरीमा ५० दीन भिसा थप गर्नेहरूले पनि पुनः तीन महिनाको भिसा थप्न सक्नेछन् l यधपी इ ९ र इ १० भिसा बाहकले भने भने आफ्नो देशको अवस्था बुझाएर मात्र भिसा थप गर्न सक्नेछन् । हाल कोरियामा आउने सबै किसिमका भिसाहरू कोरिया सरकारले बन्द गरेको छ । उक्त अवधिमा कोरियामा हुने कामदारको अभावलाई समेत यस भिसा अवधि थपको नीतिले पूर्ति गर्ने देखिन्छ l
भिसा थप थप गर्न चाहने विदेशीले अध्यागमनको वेबसाइट (www.hikorea.go.kr) वा फोन नम्बर 1345 मा सम्पर्क गरि थप जानकारी लिन सकिनेछ ।