कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने

✍जीवन खत्री, सउल - बैशाख २
दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणाली मारेफत कोरियामा रहेका कामदारलाई थप ५० दिन भिषा थप्ने निर्णय गरेको छ । कोरियन श्रम मन्त्रलायका अनुसार अप्रिल १४ देखि लागु हुने गरि ईपिएस मार्फत कोरिया आएर भिषा अवधि सकिन लागेर कोरोना महामारीको समस्याका कारण स्वदेश फर्कन नसकेका नेपाल सहित अन्य १५ मुलुकका प्रवासी कामदलाई ५० दिनको भिषा थप गर्ने भएको हो ।
रोजगारीको सिलसिलामा ईपिएस प्रणाली मार्फत कोरिया आएर रोजगारी गरीरहेका मजदुरले ४ वर्ष १० महिना मात्र बस्न पाउने नियम छ । उक्त नियमअनुसार ४ वर्ष १० महिना अवधी पूरा भएका कामदार स्वदेश फर्कनु पर्ने हुन्छ । तर अवधी पूरा भई कोरोना माहामारीका कारण स्वदेश फर्कने तयारीमा रहेर फर्कन समस्यामा परेका झण्डै १८ हजार ५ सय आप्रवासी मजदुर (ई ९) लाई यो निर्णयले सहज बनाएको छ ।
यसअघि फेब्रुअरीमा पनि ५० दिन भिषा थप्ने निर्णय भएको थियो भने कोरियामा रहेका विदेशीहरूका लागि ३ महिना भिषा थप्ने निर्णय केही दिन अघि मात्र गरेको थियो ।