
✍जीवन खत्री ,सउल जेठ -२१
कोरोना रोकथामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ कोरियामा स्थायी बसोबास गर्ने सम्पूर्ण विदेशी नागरिकहरू जुनसुकै देशमा भएपनि कोरिया फर्कँदा जुन १ तारिख देखि स्थानिय अध्यामनबाट पुन प्रवेश अनुमति लिनु पर्ने नियम बनाईएको छ ।
यो नियमानुसार कोरियामा स्थायी बसोबास गर्ने नेपालीहरू नेपाल वा कोरिया बाहेक अन्य मुलुकमा बसी कोरिया प्रवेश गर्न लागेको छ भने स्थानिय अध्यागमनबाट अनिव्य प्रवेशआज्ञा लिनु पर्नेछ ।
याँहाको न्याय मन्त्रालयका अनुसार कोरियामा लामो समय बसोबास गरि केहि समयको लागि बाहिर गएका विदेशी नागरिकले सरकारले तोकेका निश्चित मापदण्ड पूरा गरि स्थानीय अध्यागमन बाट पुनः प्रवेशाज्ञा लिनु पर्ने भएको हो ।
मापदण्ड अनुसार प्रवेशाज्ञा लिदा ४८ घण्टा भित्र अनिवार्य रुपमा उक्त देशको सरकारी मान्यता प्राप्त अस्पतालबाट स्वास्थ्य जांच गरेको रिपोर्ट बुझाउनु पर्नेछ रिपोर्टमा ज्योरो, रुघाखोकी, शरीर चिलाउने, टाउको दुख्ने, स्वासप्रस्वास सम्बन्धि समस्या आदिको लक्षण भए नभएको अनिवार्य रुपमा खुलेको हुनु पर्ने छ । रिपोर्ट कोरियन वा अंग्रेजी भाषामा लेखिएको हुनु पर्ने र मान्यता प्राप्त डाक्टरको हस्ताक्षर समेत भएको हुनुपर्ने प्रावधान छ ।
तर कुटनीति भिसा, अफिसियल भिसा, सन्धि सम्झौता सम्बन्धि भिसा तथा बिदेशमा बस्ने कोरियन नागरिकको लागि भने भिसाको लागि यो नियम लागु नहुने भनिएको छ ।