
✍️जीवन खत्री, सउल - जेठ २
ईपीएस प्रणालीमार्फत रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको मृत्यु भएको छ । दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको मंगलबार साँझ मृत्यु भएको हो ।
विगत ७ वर्षदेखि कोरियामा कार्यरत थापा, कम्पनीको नाईट ड्यूटी सकेर मंगलबार बिहान ९ बजेतिर सुतेका थिए । कोठामा एक्लै सुत्ने गरेका थापा साँझको ६ बजेसम्म पनि नउठेपछि कम्पनीमासँगै काम गर्ने साथीहरुले हेर्न जाँदा मृत अवस्थामा फेला परेका थिए । लगत्तै उनीहरूले दक्षिण कोरियाको प्रहरीलाई खबर गरेका थिए ।
उक्त कम्पनीमा खड्काबहादुर थापासहित ५ जना नेपाली र ३ जना चाइनिज कामदार रहेको मृतकका सहकर्मीले जानकारी दिए ।