
✍जीवन खत्री, सउल, बैशाख ७
काभ्रेका सागर लामिछाने दक्षिण कोरियाको ख्यङ्जु भन्ने स्थानमा बिगत ३ वर्षदेखि गाई फार्ममा काम गर्थे । घरको न्यास्रो मेटाउन उनी डेढ महिना अघि एक महिने घर बिदामा नेपाल फर्किए । तर नेपाल फर्केको दुई हप्तामै कोरोना भाईरस माहामारीका कारण नेपाल सरकारले देशमा लकडाउन गर्यो । सबैकुरा ठप्प भए सँगै हवाई सेवा पनि बन्द भयो र उनी यतिबेला आफ्नै घरमा छन् । समयअवधी पूरा भएपछि पनि लकडाउन नखुलेका कारण आफू लकडाउन नखुल्दा आउन नसक्ने कुरा फोन मार्फत कम्पनीमा जानकारी गराए तर कम्पनीले कामदार अभाव भएको र काममा असहज भएको भन्दै आफूले कुरेर बस्न गार्हो हुने र अर्को मान्छे हायर गर्न सक्ने भन्दै उनलाई छिटो आउन दबाब दिई रहेको छ । अब आफ्नो रोजगारी गुम्ने हो कि भन्ने चिन्ता उनलाई छ ।
सागर कोरोना भाईरस माहामारीका कारण नेपाल सरकारले लकडाउन गर्नु अघि दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिक बिदामा नेपाल पुगेर समयमै कोरिया फर्कन नसक्दा उनीहरूको भिसा रद्ध हुने हो कि भन्ने चिन्ता थपिएको छ ।
सागर लामिछाने एक उदाहरण मात्रै हुन् । उनीजस्ता ८ सय बढी नेपाली श्रमिक (विद्दार्थी र व्यावसायी समेत) बिदामा वा कम्पनी परिवर्तन गरि अर्को कम्पनीमा लाग्नु अघि लिई नेपाल पुगेर उतै अड्किएका छन् । खुब मेहनत गरेर अनेक कष्टका साथ दक्षिण कोरिया पुगेर कमाउने बखत नेपाल फर्कदा रोजगारीनै गुम्ने हो कि भन्ने चिन्ताले उनीहरूलाई सताई रहेको छ ।
यही कुरालाई मध्यनजर गर्दै याहाँका केही नेपाली संघ संस्थाहरूले बिदामा नेपाल जाने नेपाली श्रमिकहरूलाई कोरिया फर्काईदिन अनुरोध गर्दै नेपाल सरकारलाई ज्ञापन पत्र बुझाइएका छन् । सउल स्थित नेपाली दुतावासमा नेपाली सम्पर्क समिति, दोङ्देमुन ब्यावसायी संघ, नेपाली बिधार्थी समाज, नेपाल पर्यटन बोर्डका मानार्थ दुत केपी सिटौला लगाएतले कार्यबाहक राजदुत राम सिंह थापालाई ज्ञापन पत्र बुझाउँदै बिदामा नेपाल गएका नेपालीलाई जतिसक्दो छिटो कोरिया फर्किने बातावरण मिलाइदिन पनि अनुरोध गरेका छन् ।
"कोरिया बाट बिदामा गएका करिब ८ सय बढी नेपालीहरुको रोजगारिनै गुम्ने अवस्था आएको छ । यो बारेमा नेपाल सरकार गम्भीर हुनु पर्दछ तर दुतावास अभिभाकत्व प्रदान गर्नु पर्ने बेलामा खासै चासो दैखाएको छैन् ।" नेपाल पर्यटन वोर्डका मानार्थ दुत केपी सिटौलाले भने सिटौलाले यस अघि इन्छन काठमाण्डौ सम्भावित चार्टर उडान सम्बन्धी सोध पत्र मार्फत कोरिया फर्किन चाहने नेपालीहरूको बारेमा सर्वेक्षण समेत गरेका थिए । सर्वेक्षणअनुसार बिदामा गएका अधिकाँश नेपाली कोरिया फर्किन चाहेका देखिएको छ ।