
✍जीवन खत्री- सउल -बैशाख ३१
कोरोना माहामारीको प्रभावका कारण दक्षिण कोरियामा झण्डै पाँच लाख रोजगारी गुमेको छ । यति धेरै रोजगारी गुमेको यो दुई दशक यताकै उच्च हो । कोरियाको एक तथ्याङ्क विभागका अनुसार गत महिना मात्र ४ लाख ७६ हजार बढिले रोजगारी गुमाएका छन् । जुन संख्या सन् १९९९ पछिको सबैभन्दा बढी हो l
यसरि रोजगारी गुमाउनेमा अधिकांश अस्थाई तथा पार्ट टाइम कामदारहरू छन् । प्राय सबै क्षेत्रमा यसको प्रभाव देखिए पनि बिशेषगरि होलसेल तथा खुद्रा व्यावसाय, होटेल, पर्यटन, कृषि प्याकिङ तथा प्याकेजिङ, शिक्षा सेवा, मनोरञ्जन सेवा लगायतका क्षेत्र अत्याधिक प्रभावित देखिएका छन् । उक्त स्थानहरुमा सामाजिक दुरी तथा सेवा क्षेत्र हेरेर जोखिमयुक्त क्षेत्रमा लगाईएका लकडाउनका कारण रोजगारी गुमेको हो । बिभिन्न ब्यावसायिक कम्पनीहरूमा कामदारको माग न्यून हुन थालेपछि गत महिना मात्र उक्त संख्यामा रोजगारी गुमेको हो ।
यसका साथै उत्पादनमुलक क्षेत्रमा पनि यसको प्रभाव देखिएको छ । दैनिक ८ देखि १६ घण्टा भन्दा बढी काम हुने अधिकाँश उत्पादनमुलक क्षेत्रमा पनि घटेर दैनिक ८ घण्टा मात्र काम हुने वा कम्पनीले सूचना टाँस गरि बेतलबी बिदा दिने वा वार्षिक रुपमा प्राप्त हुने तलबी बिदा घट्ने घरि बिदामा बस्न लगाउने क्रम बढेको छ । यसको प्रत्यक्ष प्रभाव नेपालीहरूलाई पनि परेको छ ।
बिशेषगरि आफ्नै देशमै खपत हुने उत्पादनहरूको निर्यातमा सामान्य गिरावट आएपनि पनि बाह्य निर्यात हुने सामग्रीमा भारी गिरावटका कारण काम घट्ने क्रम बढेको हुन सक्ने अनुमान गरिएको छ । दक्षिण कोरियाले अधिकाँश उत्पादन विदेश निर्यात गर्ने गर्छ ।
तथ्याङ्क अनुसार रोजगारी गुमाउनेमा बिशेषगरि १५ देखि २९ बर्ष उमेर समुहका युवाहरू अधिकाँश छन् । उनीहरूको संख्या कुल गुमेको रोजगारी संख्या मध्ये ४०.९ प्रतिशत अर्थात २ लाख ४५ हजार छन् । सबैभन्दा धेरै २ लाख १२ हजार बढिरी रोजगारी होटेल तथा रेस्टुरेन्ट व्यावसायमा गुमेको छ ।
तर सरकारले भने न्यून आय भएका जनताको निम्ति केही हप्तामै लाख साँढे पाँच लाख बढी नयाँ रोजगारी सिर्जना गर्ने बताएको छ ।