कोरियामा कोरोना दोस्रो माहामारीको रुप लिँदै, नियन्त्रण भन्दा बाहिर जान सक्ने विज्ञको भनाई ।

✍️जीवन खत्री, सउल, भदौ ४ -चीनको वुहान सहरबाट फैलिएको कोरोना भाईरस गत फ्रेबुअरीमा दक्षिण कोरियामा पनि माहामारीको रुपमा देखियो । थेगु शहरको सिन्चेओन्जी चर्च बाट फैलिएको कोरोना भाइरस लगभग नियन्त्रणमा पनि आयो । तर पछिल्लो केही दिन देखि कोरीयामा पुन कोरोना माहामारीको दोस्रो चरणको रुपमा देखा परेको छ । यस पटक राजधानी सउल तथा आसपासमा रहेका चर्च बाट माहामारी फैलिएको हो । र यो नियन्त्रणबाहिर जानसक्ने स्वास्थ्यविद्हरूको अनुमान छ ।

कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार राजधानी सउल लगायत आसपासका शहरहरू इन्छन, ख्याङ्गिदोमा पनि उत्तिकै मात्रामा फैलिएको छ । जसका कारण कुनै एक शहर मात्र सिल गरेर नियन्त्रण गर्न सकिने अवस्था छैन् । उक्त स्थानमा भएका सभा र्यालीमा उपस्थितहरूबाट र कफीसप, रेष्टुरेन्ट तथा सार्वजनिक चाप बढी हुने स्थानबाट भाइरस संक्रमण फैलिएको हो । संक्रमितहरूको सम्पर्कमा आउनेमा झण्ढै साँढे २ लाख व्यक्तिहरू छन् । यदि तिनीहरू संङ्क्रमित भएमा स्थिति भयावह हुन सक्नेछ

हाल कोरिया सरकारले चर्चका सम्पूर्ण कार्यक्रमहरूमा रोक लगाउनुका साथै छ भीडभाड, सार्वजनिक कार्यक्रममा बनेदेज लगाउनुका साथै सामाजिक दुरीलाई थप कडा परेकोछ ।कोरियामा कुल संक्रमितको संख्या १५ हजार ७ सय ६१ पुगेको छ ।