
जीवन खत्री, सउल जेठ १५
मधुमेहको अौषधीमा प्रयोग हुने ‘कार्सिनोजिन’ ले क्यान्सर हुने खतरा थपिने भन्दै कार्सिनेजन प्रयोग हुने विभिन्न ३१ प्रकारका अौषधीलाई दक्षिण कोरियाले उत्पादन तथा विक्रीमा प्रतिबन्ध लगाएको छ ।
कोरियाको जनस्वास्थ्य निकायका अनुसार ‘कार्सिनोजिन’ कध मात्रा समावेश भएका अौषधी प्रयोगले क्यान्सरको जोखिम रहने एक्ष अनुसन्धानको निष्कर्षपछि ती औषधि उत्पादन तथा विक्रीलाई प्रतिबन्धित गरिएको हो । ती सबै मेटफर्मिनमा आधारित औषधि हुन् । यी अौषधीहरू वयस्क विरामीहरूका लागि सिफारिस हुने औषधि हुन् ।हाल दक्षिण कोरियामा यी औषधिको सेवन गर्ने बिरामीहरू २ लाख ६० हजार बढी छन् ।
कोरियाली खाद्य तथा औषधि सुरक्षा मन्त्रालयले मधुमेहका लागि प्रयोग हुने अन्य २५७ औषधिहरूमा पनि ‘कार्सिनोजिन’ को मात्रा भए नभएको परीक्षण गरिरहेको बताएको छ । परीक्षण भएकामध्ये ३१ औषधिमा एन नाइट्रोसोडियमथाइलामाइनको मात्रा अनुमति दिइएकोभन्दा बढी भएको पाइएको छ ।
जेडब्ल्यु फर्मा, हुटेक्स कोरिया र हान्मी फार्ममा उत्पादित ग्याडमेट, गल्लेस–एम र ग्लाइमफोल चक्कीहरूजस्ता औषधिहरूमा ‘कार्सिनोजिन’को मात्रा तोकीएको मापदण्ड भन्दा बढी भेटिएको र यिनीहरूलाई प्रतिबन्ध गरिएको जानकारी छ ।