कोरियामा हृदयघातका कारण एक नेपाली महिलाको मृत्यु

✍जीवन खत्री, सउल जेठ १७-

कास्की, पोखरा घर भई हाल दक्षिण कोरियामा रेष्टुरेन्ट व्यावसाय गर्दै आउनु भएकी सबी भण्डारीको हृदयघातका कारण बिहिबार मृत्यु भएको छ । मृतक भण्डारी १० बर्ष अघि कोरिया आइ हाल कोरियाको छुङ्जु शहरमा आफ्ना श्रीमानका साथ पोखरेली इन्डियन नेपाली रेस्टुरेन्ट संचालन गर्दै आउनु भएको थियो ।

घट्नाबारे सउल स्थित नेपाली राजदुतावासमा जानकारी आएपनि अौपचारिक जानकारी नआईसकेको श्रमसहचारी डिल्लीराम बास्तोलाले बताउनु भयो ।

केहिदिन यता कोरियामा नेपालीहरूको मृत्यु हुने क्रम लगातारजस्तै देखिएको छ । गत सोमबार मात्रै धादिङका मैती तामाङ्गगको मृत्यु भएको थियो । उनको कार्यस्थलमा एक तलामाथिबाट लडेर उपचारका क्रममा मृत्यु भएको थियो । त्यस्तै  दुइ साता अगाडी स्याङ्जाका खड्गबहादुर थापाको सुतेकै अवस्थामा मृत्यु फेला परेका थिए ।थापाको शव नेपाल लाने अवस्था नभएपछि गत आइताबार कोरियामै अन्तिम संस्कार गरिएको थियो ।