कोरियामा कोरोना भाइरस प्रकोप फेरि बढ्यो, सार्वजनिक स्थान तथा सभा सम्मेलनमा रोक

जीवन खत्री, सउल, जेठ १९
गत २३ तारेख देखि याँहाको एक चर्चित अनलाइन सपिंङ 'कुपाङ' बाट सामुहिक संक्रमण फैलिन थालेपछि दक्षिण कोरिया सरकारले पुन: सार्वजनिक स्थलहरूमा जान तथा सभा सम्मेलन बन्द गर्ने निर्णय गरेको छ । कुपाङबाट फैलिएको सामुहिक संक्रमणबाट हाल सम्म १५७ बढी संक्रमित भैसकेका छन् भने उनीहरूसंग सम्पर्कमा आएका ३६ सय भन्दा धेरैको स्वास्थ्य परिक्षण गरिएको छ ।
राजधानी सउलफ इन्छन तथा ख्याङ्गिदोमा रहेका संग्रालय, पार्क, थिएटर, ब्युटी पार्लर, रात्रि क्लब, आर्ट ग्यालरी लगायत मान्छेहरू भीडभाड हुने ठाउँमा दुई हप्ताका लागि बन्द गरिएको छ । त्यस्तै जुन १४ सम्मको लागि सभा ,सम्मेलन तथा सार्वजनिक रुपमा हुने कार्यक्रमहरु पनि बन्द गर्ने निर्णय गरेको छ । अवस्था हेरेर उक्त समय समेत लम्ब्याउन सक्ने स्वास्थ्य मन्त्रालयले बताएको छ l
कोरिया रोग तथा नियन्त्रण केन्द्रका अनुसार हाल सम्म कुल संक्रमितको संख्या ११ हजार ४ सय ६८ छ भने निको हुनेको संख्या १० हजार ४ सय ५  पुगेको छ । त्यसैगरी मृत्यु हुनेको संख्या २ सय ७० छ ।