कोरियामा मंगलबारदेखि मास्क नलगाई यात्रा गर्न नपाइने

✍जीवन खत्री, सउल जेठ १४- कोरोना माहामारी नियन्त्रण गर्न सफल देश भनेर चिनिएको दक्षिण कोरियामा दोस्रो माहामारीको रुप नलेओस् भन्नका लागि मंगलबार देखि याँहा मास्क अनिवार्य गरिएको छ ।

“नो मास्क नो राइड” भन्ने नया नियामानुसार ट्रेन, बस र ट्याक्सीमामा यात्रा गर्ने यात्रु तथा चालकले समेत अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने छ । मास्क प्रयोग नगरी यात्रा गरे गराएमा कार्वाही हुने रोग नियन्त्रण महाशाखा केसिडीसीले  बताएको छ । नियम उल्लङ्घन गर्ने यात्रुहरूलाई यात्रामा प्रतिबन्ध लगाई  कानुन अनुसार कारबाही समेत गरिने नियममा उल्लेख गरिएको छ ।

अन्तराष्ट्रिय तथा आन्तरिक उडानमा यात्रा गर्ने यात्रुहरूलाई भने बुधबार देखि यो नियम लागु हुने जनाईएको छ ।

सार्वजनिक यातायातबाट कोरोना सङ्क्रमण फैलिने जोखिमदर उच्च हुने भएकाले संक्रमण नफैलियोस् भनेर यो नियम जारी गरीएको जनाईएको छ । नियामानुसार मास्क नलगाई यात्रा गर्न चाहने यात्रुलाई बस वा ट्याक्सी चालकले यात्रामा रोक लगाउन समेत सक्नेछन्

यससँगै केही अघि मात्र ईथेवन सहरको एक रात्री क्लबबाट संक्रमण फैलिएपछि याँहाका क्लब तथा बारहरूपनि बन्द गरिएका छन् । कोरियामा ११ हजार २ सय २५ कोरोना सङ्क्रमीत छन् भने, १० हजार २ सय ७५ बढी निको भएर घर फर्किसकेका छन् । हालसम्म कोरियामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २६९ रहेको छ ।