"गजल" कोरोना कहर...


दुर्गा श्रेष्ठ- सिन्धुपाल्चोक  

न हाँस्ने बनायो न रुने बनायो

साबुन पानीले हात धुलाउने बनायो।

यो कोरोना कहरको जातै बैगुनी

आफ्नै हात बाट आफै डराउने बनायो।

रुघा लागोस या खोकी लागोस

संकै संकाले लंका जलाउने बनायो।

को बालक को वृद्ध कसैमा भेदभाब गरेन

कुन गाउँ कुन शहर जताततै डराउने बनायो।

न हाँस्ने बनायो न रुने बनायो

साबुन पानीले हात धुलाउने बनायो।