कोरोना भाइरसका कारण भोजपुर ट्रेल स्थगित

१ चैत्र २०७६

काठमाण्डौ। कोरोना भाइरसका कारण भोजपुरमा हुन लागेको भोजपुर ट्रेल स्थगित भएको छ। भोजपुर ट्रेलमा प्रतिस्पर्धा गर्न आउनु भएका खेलाडीहरुलाई समेत सूचना दिन सकिएको थिएन आज अचानक प्रतियोगिता स्थगित गर्नु परेको फाउडेसनका अध्यक्ष खेमराज राई जानकारी दिएका छन्।

भोजपुर ट्रेलको सम्पुर्ण तयारी सकिएको भए पनि अन्तिम चरणमा नोवेल कोरोना भाइरसका कारण स्थानीय सरकारले भोजपुर ट्रेल स्वीकृति नदिएको हो।

विश्व स्वास्थ्य संगठनले नेपाल सरकारलाई सचेत रहन चेतावनी दिएसंगै नेपाल सरकारले सम्बन्धित सबै निकायहरुलाई पत्राचार गरेर यसको जोखिम न्युनिकरण गर्न कुनै पनि जात्रा, सभा सम्मेलन, पर्व, मेला, महोत्सव र पुर्व निर्धारित सबै कार्यक्रमहरु स्थगित गर्न अनुरोध गरेको थियो।

भोजपुर ट्रेल मीरा राई इनिसिएटिभकी कार्यक्रम संयोजक सन्जु जीसीका अनुसार वीस लाख भन्दा धेरै बजेटको सम्पुर्ण तयारी, लाखौ खर्च भइसक्यो कार्यक्रम स्थगित हुदा बच्ने भनेको पुरस्कार मात्र रहने बताएकी छिन।

मीरा राईको सक्रियतामा गाउका वालवालिकाहरु हरेक शनिवार ५ किमि देखी १० किमि अभ्यास गर्ने गरेका छन्। मीरा राई भन्छिन्: यो रेस आयोजना गर्न भ्याइनभ्याइ, खाइनखाइ दुख गरे, मैले मेरो गाउको लागि गर्न चाहेको थिए, सबै कुरा सोचे जस्तो नहुने रहेछ कार्यक्रम स्थगित गरेर फर्कनु पर्दा धेरै दुख लागेको प्रतिक्रिया दिएकी छिन्।

मीरा राई पूर्वमाओवादी लडाकु, मलेशियाको भिसा रोक्दै हङकङ, फ्रान्सको दौडमा च्याम्पियन हुदै, स्काइ रनिङ वर्ल्ड सिरिजको सफलतासंगै  विश्वमा साहसिक महिलाको रुपमा सूचिकृत भएकी थिइन। त्यसपछि मीरा राईको सम्मानमा थर्पु विधालयले एक कार्यक्रम आयोजना गर्दै थर्पु विधालयका १२ जना विधार्थीहरुलाई खाली खुटा करीव ३ किमि दौडेर धोर्लेवनस्थित मीरा राईको धर पुर्याएको थिए। भोजपुर ट्रेल रेस वि.स. २०७२ सालमा पहिलो संस्करण खेल यसरी शुरु भएको थियो। गतबर्ष चौथो संस्करणमा विभिन्न ५ देशका खेलाडी गरी ३५० जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए।