प्रधानमन्त्री ओलीबाट जो बाइडेन लाई बधाई ।
✍हाम्रो आवाज न्युज डटकम -प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो आर. बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई जीतका लागि बधाई दिएका छन् ।
आईतबार बिहान ट्वीट गर्दै ओलीले बाइडेन र कमलालाई शानदार र ऐतिहासिक जित का लागि बधाई दिंदै मिलेर काम गर्ने आशा ब्यक्त गरेका हुन् । ओलीले बाइडेन र ह्यारिसलाई मेन्सन गर्दै ट्वीटरमा लेखेका छन्,–“दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउनका लागि अमेरिकाको नयाँ नेतृत्वसँग मिलेर काम गर्ने आशा व्यक्त गर्दछु ।