कविता -“बाकस"

बेलायतको बारुदको
धुवाँले बनेको बाकस
बाकस
दुवईमा मेसीनले चुसेपछीको बाकस
बाकस
साउँदीमा भेडा चराएपछीको बाकस
यस्तै बाकस
कत्ती भित्रन्छन् होला मेरो देशमा ?
यो विमानस्थलमा
कत्ती बाकस ओर्लन्छन् होला दिनहु ?

जरुर म कमसेकम
एउटा बाकसको कथा भन्न सक्छु
जुन बाकस
कतारको मरभुमिमा रगत सिंचाई गर्छु,
र स्वदेश खुशीको बाकस पठाउछु भन्ने
उटा ईमान्दार नेपालीको बाकस हो !
बुढा बा हरु सोच्दाहुन् ,
बाकसभरी खेत फिर्ता आउछ
बुढी आमा हरु सोच्दाहुन् ,
बाकसभरी ढुङ्ग्री र बुलाकी
फिर्ता आउछ ।

श्रीमतीहरु हरु सोच्दाहुन्
बाकसभरी तिज आउछ
छोरा,छोरी हरु सोच्दाहुन्
बाकसभरी दशै आउछ
ललीपप पनि आउछ
तर आउनत आउछ
बाकस
सुकेको लाश बोकेर आउछ
बाकस छोप्ने हात नियाल्छु
कतै देखे जस्तो ,
औलामा पित्तलको औंठी
चिनजानको जस्तै लाग्छ
फन्फन्ती घुमेर सुदुर दृष्य
भेट्याउछु ।

एउटा धमीलो साझँ
जुन साझँ
नव विबाहित जोडी
विमानस्थलको चौघेरा भित्र थिए
साईली औलाको पित्तलको औँठी देखाउँदै
सुन्दरीले पतीलाई ढोगे पश्चात भनेकी थिईन्
" राजा ! यो तिज अघिनै
सुनको औँठी लगाउने धोका छ ।

✍️रोशन पुन
बाग्लुङ ।