
सडकहरुमा गुड्न थालेका छन
हतारोमा पन्छाउदै गाडीहरु
सडकका दुई किनारा तिर
दायाँ बायाँ छाएका छन हरियाली
त्यही किनारामा फुल्दै छन फूलहरु
तर मान्छेहरु आज भोली
त्यही फूल संग पनि डराउछन किन ?
सायद यो समय दुस्मन जस्तै
बनेका छन ति फूलहरु
खुलेका छन बजारहरु
तर बाध्यताहरु बिक्री हुँदैन
त्यसैले क्रेता र बिक्रेताको
भाउ मुल्य मिलेको छैन
तर,दैनिकिमा फर्किनुछ ।
केहि समय अगाडिको दोस्ती
भावनामा मात्र सिमितछ
डराउछन हातहरु मिलाउन
डराउछन अंकमाल गरेर
सञ्चो बिसञ्चो सोध्न
आखाँभरी देखिन्छ आत्मियता
तर , ओठहरु छोपिएका छन
डाडाँ पारिको भञ्याङ
मधुरो कुईरोले छोपे जस्तो
उदाउदै गरेको घाँम आधा
बादलले ढाके जस्तो
हिड्दा हिड्दै छुटाउछ पाइलाहरु
मान्छेहरुको दुरिले
समयले हिडाईरहेछ एकै रफ्तारमा
आफ्नै जस्तो लाग्ने मान्छेहरु पनि
दुस्मन जस्तै डराउदै
अब फर्किनुछ दैनिकिमा ।
✍️गौतम सागर राई
सोलुखुम्बु हाल-कोलोराडो अमेरिका ।