
म नारी हुँ एक
मेरा रुप अनेक
फैलिन्छु र त फैलाउछु प्रेम यहाँ
संसार बिस्तारको अधार म
तर पनि मलाई गर्भमै मारिन्छ किन ?
कहिले बेचिन्छु, कहिले होमिन्छु
मेरो अस्तित्व सँधै खतरामा किन ?
लक्ष्मीसँग दाँजिन्छ
जिम्मेवारीको भार बोकाइन्छ
फेरि मेरै तिरस्कार किन ?
पुरुषभन्दा कमजोर मानिन्छ
तर बलियो छोरा जन्माउने म
ज्ञान घरबाट सुरु हुन्छ
घर नारीले बन्छ ।
परिवारको आधार म
फेरि मलाई नै अज्ञानी मानिन्छ किन ?
सन्तान न जन्मे नारीलाई दोष
परिवार टुटे नारीलाई दोष
सन्तान जन्माउछे, नाम बाउको दिन्छे
बोल्न सिकाउछे, बाबा भन्न लगाउछे
कण-कणमा नारी
फेरि आफ्नै अस्तित्वको लागि
हरदम लड्नुपर्ने किन ?
प्रेम नै प्रेम हो नारी
माया देउ सम्मान गर
संसारको सृष्टिकर्ता हो नारी
उ कोमल हो, कमजोर होइन
हो म नारी हुँ एक
मेरा रुप अनेक ।
✍️ तारा अधिकारी
कोलोराडो अमेरिका ।