
देशको विकास,समृद्धि र उन्नतिको
कल्पना गर्दै सपना देख्दै छु
भुगाेल र भावना जोडेर
सिङ्गो देश बनाउने चिन्तन गरेर
लाटाेकासेराे झै घाेत्लिरहेछु
एकाेहाेराेसँग
एकनाशले
साेचिरहेछु ।
बुढाे माझीले नदीमा जाल हान्न लाग्दा
गिध्दे नजरले हेरे झै
म कल्पनमा डुबेर
सपना देख्दै छु ।
म र म जस्ता युवाहरु
सुन्दर भविष्यको लागि
गन्तव्यकाे खाका काेर्दै
सिर्जनाकाे गाेरेटाे काेरिरहेछाै
गाैथली झै खुल्ला अाकाशमा उडेर
युध्द जितेकाे याेध्दा जस्तै
महान सफलताको
सपना देख्दै छु,
रत
त्यहि सपना पूरा गर्न
हामी बाँचेकाे युग
हामी बाँचेकाे समाजलाई बगैंचा जस्तै
सुरम्य बनाउनु छ
जहाँ भाषा,संस्कार र संस्कृतिको
फुल राेप्नु छ
नैतिकता र मानवताकाे सुवास छर्नु छ
बनाउनु सबैले जितेकाे सग्लो इतिहास
त्यसभित्र कोर्नुछ
कला,भाषा,साहित्य र संगितको
परिपक्क एउटा सार्थक चित्र ।
हरेक मानिस पनि त
एक एक सपना हुन्
जसलाई विशेष कामका लागि धर्तीमा
जन्माइएको हुन्छ,
रत
सपना देख्नु समर्पण हो
सम्पुर्णता हो
तर
भ्रम चाहिँ हुँदै हाेइन ।
प्रत्येक मान्छेले सपना देख्नु पर्छ
अाफ्ना लागि
समाजका लागि
देशका लागि
र
सिङ्गो मानवताको रक्षाकाे लागि
त्याे सानो होस वा ठुलो होस
चेतनाको रङ पातिएको होस
परिवर्तनको अाशा देखिएको होस ।
तर
हामिले देखेकाे सपना कदापि पनि
निस्तेज नहोस
निर्जीव ढुङ्गा झै नबनोस
बरु साधनामा तल्लीन बनेर
दर्शन बाड्ने दार्शनिक जस्तो होस
अरुले बनाएको सडक हाेइन
अाफ्नै मेहनतले बनाएको
विकास,समृद्धि र प्रगतिकाे
गाेरेटाे नै बनाेस
जाे मानवकाे हितकाे लागि हाेस
साच्चै ज्ञानले तृप्त साधक झै
सपनाले भरिएको सागर हाेस
म सपना देख्दै छु
जीवित युग र सजिव मान्छेहरुकाे
जिउदाे सपनाहरु
अाफै बाँचेको संसारको ।
✍️ प्रेमा संगम
दोलखा हाल - काठमाण्डौ ।