
"याद "
दुधकोशी निरन्तर बगिरन्छ
छोडेर एक्लै बगर
दुधकोशी कै छाती माथीको
साँघु तरेर ..
म पनि शहर पसेको हुँ
छोडेर आफ्नै गाऊबेशी
पैतालाका डोपहरु मेटिए पनि
खै कहाँ मेटिदो रहिछ र ?
सम्झनाका झरिलो यादहरु ।
बरु म संगै छुटेका छन
गोठालो जादाको माइला राई
अर्म पर्म लगाउदाको
साथी संगी हरु
मिलेर बसेका चराहरुको बस्ती
डाडाँ पारिको सालघारी
बिहानी पाखाँ उदाउदै
घाँमले बनाएको बस्ती हरुको
सिमारेखा
तर यादहरु को सिमा
खै कहाँ हुदो रहिछ र ?
छेक्न ,मेट्न कहाँ सकिदो
रहिछ र ?
हो त्यसैले प्रिय यादहरु
आफ्नै गाउँबेशी ।
✍️गौतम सागर राई
सोलुखुम्बु हाल - कोलेराडो अमेरिका ।