
फाल्गुन २९- २०७६
मड्रिड — स्पेनमा कोरोना फैलने क्रम बढेपछि सन् २०१९–२० को ला लिगा सिजन कम्तिमा पनि आगामी २ हप्ताका लागि स्थगित गरिएको छ । युरोपियन फुटबल एसोसिएसनसँगको वार्ता पनि ला लिगाले गरेको यो निर्णय कोरोनाको प्रकोपको अवस्था हेरेर स्थगन अवधि अझै घटबढ हुन सक्ने पनि बताइएको छ ।युइएफएले आगामी हप्ताको च्याम्पियन्स लिगका खेलबारे केही घोषणा भने गरेको छैन। आगामी हप्ता च्याम्पियन्स लिगको खेल अन्तर्गत रियल मड्रिड र म्यानचेस्टर सिटी १६ औं चरणको खेल हुने थियो। बिहीबार मात्रै रियल मड्रिडका सबै खेलाडीलाई क्वारेन्टाइनमा राखिएको छ।