कवि तथा पत्रकार सुनिता खनालको लौ न बोलिदेऊ गीत सार्वजनिक ।

कवि तथा पत्रकार सुनिता खनालको शब्द रहेको लौ न बोलिदेऊ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
वरिष्ठ संगीतकार राजु सिंहको संगीत, रिदम कँडेलको संगीत संयोजन र एचबिएन किस्मतको मिक्सिङ रहेको उक्त गीतमा गायक शिव परियारले स्वर दिएका छन् ।

गोङग्बाको निर्देशन रहेको उक्त गीतको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियोमा भारतीय रियालिटी सो डान्स इन्डिया डान्स २०१७ का सेमी फाइनलिस्ट तथा डान्स प्लस २०१८ का फ्रस्ट रनरअप सुजन मार्पा तामाङको साथमा मानसी तामाङको अभिनय रहेको छ ।
गायक शिव परियारको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत उनको एघारौं सांगीतिक संग्रह ‘शिवालय’ मा संग्रहित रहनेछ ।

भिडियो