लघु कथा - मौन

✍म उनको छेउमा गएर उभिए , उनि मलाई देखेर पनि न देखे झैँ  गरे ।म अटेरी गर्दै  उनका  सामु उभिएँ  र आफुलाई चिनाए , उनि मौन थिए  एक दिन -दुई दिन यसरि हप्तौं बित्यो एकदिन अचानक भक्कानिएर रुन थाले , बर्बराउदै भने मलाई जिउनै मन छैन , उनलाई त्यसरी रोएको देखेर मेरा पनि आँखा रसाएर आए,अफ्ट्यारो मान्दै सोधे  किन तेसो भनेको भनेर । साह्रै दुखि देखिन्थे , छोरा-छोरीले ल्याएर नर्सिंग  होममा राखेर गएपछि फर्केर पनि नआएकोमा , हुन पनि  त म  जतिपटक गए एकपल्ट मात्र छोरालाई भेटेकी थिए । छोराको आदेश थियो रे कि कसैले पनि उनलाई सम्पर्क नगर्ने , परेको खण्डमा आफै  सम्पर्क गर्छु भनेर ,त्यस नर्सिंग  होमले सम्पर्क गर्न खोज्दा उनि रिसाएका थिए रे उनि निकै कसजोर देखिएका थिए , सांस मात्र बाँकि थियो खाना अगाडी  भएनि  चिसो भएर जान्थ्यो उनि छुदै छुदैनथे ।

त्यो दिन निकै खुसी थिए , खाना पनि खाएछन् ,सुकिलो लुगा लगाएका ,   उनि दङ्ग थिए ,जो जस्लाई  भेट्दथे भन्थे भोलि उनलाई भेट्न उनको परिवार आउदै छन्  भनेर ,हुन पनि किन न हुन महिनौ बितिसकेको थियो यो दिनलाई पर्खेर बसेको  उनले ,उनको उज्यालो अनुहारले मलाइपनि उर्जा थपेको थियो  उनको खुशीले  मलाई मात्र होइन सबलाई खुसी बनाएको थियो ।

     म भोलिपल्ट जाँदा उनको कोठा  उनको परिवारले भरिएको थियो , दुवै छोराहरू, छोरि र नाति-नातिनीहरू वरि परि जम्मा भएको देखेर मलाई उनको खुशीले हाँसेको अनुहार हेर्न इच्छाले छिचोल्दै 

भित्र पसे , छेउमा गएर उभिए तर............... उनि  निस्तेज थिए आँखा बन्द , धड्कन बन्दा उनि सबै आउनु भन्दा अगाडिनै  यो संसारबाट बिदा लिइ सकेका रहेछन ।

✍️ तारा अधिकारी
डेनभर, कोलोराडो ।