गायिका सुनिता संयक लिम्बुको पहिलो लिम्बु भाषाको गीत “हिल्लिङ हिल्लिङ “ भिडियो सहित सार्वजानिक ।

✍हाम्रो आवाज न्युज डटकम- लोकप्रिय चर्चित गायिका सुनिता संयक लिम्बुको पहिलो लिम्बु भाषाको गीत “हिल्लिङ हिल्लिङ “ सार्वजानिक भिडियो सहित भएकोछ ।

गायिका लिम्बु धनकुटामा जन्मिएकी सर्जक हुन सानै बाट सांगितिक क्षेत्रमा केहि गर्ने अभिलाषाको साथ धरान झरेकी गायिका लिम्बु हाल पुर्बको शुन्दर ठाउँ धरान मै बसेर संघर्ष गरिरहेकी छिन । बि.स. २०६६ साल बाट रेकर्डिङको हिसाबले सांगितिक क्षेत्रमा प्रबेश गरेकी गायिका लिम्बुले दुई सय भन्दा बढी पुर्बेली गीत ,आधुनिक नेपाली गीतहरु गाइसकेकी छिन ।

यस लिम्बु भाषाको गीत “हिल्लिङ हिल्लिङ “ मा शब्द नेम खापुङको संगीत ब्रबिन शेर्माको र स्वर सुनिता संयक लिम्बु र ब्रबिन शेर्माको रहेकोछ । साथै यस गीतको भिडियो गायिका सुनिता संयक लिम्बुको अफिसियल युटुब च्यानल बाट सार्वजानिक गरिएकोछ ।

भिडियो लिंक यहाँ क्लिक गर्नु होस ।