ललितपुरमा फुटपाथ व्यापार हटाउने निर्णयविरुद्ध अभियन्ता ईःले उभिएर प्रदर्शन गर्ने
मङ्गलबजारदेखि लगनखेलसम्म फुटपाथ व्यापार गर्न नदिने ललितपुर महानगरपालिकाको निर्णयविरुद्ध प्रदर्शन हुँदैछ । अभियन्ता ईः ले आज दिउँसो ३ बजेदेखि १ सय ८ घण्टा उभिएर विरोध प्रदर्शन गर्न लाग्नुभएको हो।
गएको १९ गते ललितपुर महानगरपालिकाले मङ्गलबजारदेखि लगनखेलसम्म फुटपाथमा व्यापार गर्न रोक लगाएको थियो । यो निर्णय फिर्ता लिन माग गर्दै अभियन्ता ई: ले १ सय ८ घण्टा उभिने बताउनु भएको हो । यसअघि काठमाण्डाै महानगरपालिकाविरूद्ध राष्ट्रियसभा गृहअगाडि १ सय १९ घण्टा उभिएर विरोध जनाएका अभियान्ता ईः र महानगरपालिकाबीच असोज १० गते तीन बुँदे सहमति भएको थियो ।
सहमतिमा फुटपाथ वा सार्वजनिकस्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरु महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने, फुटपाथ व्यापारलाई व्यवस्थित गर्न उल्लेख छ ।