नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोमा दोहोरी सांझ कार्यक्रम आयोजना हुदै।

✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका।नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ कोलोराडोमा  पहिलो पटक दोहोरी सांझ कार्यक्रम आयोजना हुने भएको छ ।

कोलोराडोमा सकृय संस्था नेपाली घरको आयोजनामा  चर्चित कलाकारहरु चन्द्र शर्मा र अमृता लुंगेली मगरको उपस्थितीमा लोक दोहोरी सांझ कार्यक्रम आयोजना हुन लागेको हो । कलाकारहरुलाइ शुष्मिता बिश्वास लगायत स्थानीय कलाकारहरुले भाका छोप्न साथ दिने भएका छन् ।

नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आगामी सेक्टेम्बर २८ तारिक सनीबार सांझ ५ बजेदेखी  ९ बजेसम्म  आयोजना हुने लोक दोहोरी सांझ कार्यक्रममा टिकट बिक्री र दाताहरुबाट प्राप्त स्पोन्सरबाट संकलित रकम संचालन खर्च कटाएर बांकी रहेको सबै नेपाली घरको खातामा जम्मा हुने नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन् ।

कलाकारहरुले कुनै पारिश्रमीक नलिने र कलाकारहरुलाई अन्य स्टेटबाट कोलोराडो सम्म आउने र जाने प्लेन टिकट शुल्क नेपाली घरका आइ.टी. अफीसर सुरेश रेग्मीबाट सहयोग प्राप्त भएको अध्यक्ष लम्सालले बताएका छन् । डिनर सहित कार्यक्रममा सहभागी हुन ३५ डलर शुल्क राखिएको र १३ बर्ष भन्दा कम उमेरका बाल बालिकाहरुलाई निशुल्क प्रवेशको ब्यवस्था भएको अध्यक्ष लम्सालले बताएका छन् ।

नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको पार्किङ लट, पर्खाल र बिजुलीका पोलहरुको निर्माण तथा मर्मत संभारका कामहरु धमाधम भइरहेको र यस काम सकिने बित्तिकै ठेकदारलाइ पैसादिनुपर्ने भएकोले आर्थिक सहयोग संकलन गर्न यो कार्यक्रम आयोजना गरिएको नेपाली घरका पुर्व अध्यक्ष तथा समाजसेवी लछुमन रानाले बताएका छन् ।

त्यसैले कार्यक्रमलाइ ब्यापक रुपमा प्रचार प्रशार गरि टिकट बिक्री तथा स्पोन्सर खोज गरिदिइ धेरै भन्दा धेरै सहयोग जुट्ने बातावरण सृजना गरिदिनुहुन कोलोराडोमा रहेका संघ संस्थाका पदाधिकारी, समाजसेबी, ब्यवसायी लगायत सबै नेपाली भाषी बुबा, आमा दाजुभाई दिदी बहिनीहरुलाई हार्दिक अनुरोध गरिएको संस्थाका निवर्तमान अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका छन् ।

कार्यक्रमको टिकट अनलाइनबाट पनि काट्न सकिने छ । यसको लिङ्क यसै समाचारमा समेत राखिएको छ । कार्यक्रमलाइ सफल पार्न गजेन्द्र कार्कि, निश्मा गुरुङ लगायतका दाताहरुबाट स्पोन्सर प्राप्त भईसकेको संस्थाका महासचिव भोला कटुवालले बताएका छन् ।
https://tinpaisa.com/tinpaisa-events/lok-dohori-sajh-nepali-ghar-colorado/