लोकप्रिय क्युनेट गोरखा ट्रेलब्लेजर हङकङ
हङकङ । फेब्रुअरी ८ तारिक हङकङमाआयोजना हुन लागेको हङकङकोलोकप्रिय क्युनेट गोरखा ट्रेलब्लेजर दौडप्रतियोगिता गत वर्षबाट हङकङमा शुरुभएको हो।
•हरि कुमार रिमाल
नेपाली सेनाका वारेन्ट अफिसर हरीकुमाररिमाल हाफ म्याराथुनका राष्ट्रिय कीर्तिमानकायम गरेका खेलाडी हुन भने ट्र्याक एन्डफिल्डका तर्फबाट ब्राजिल ओलम्पिकमासहभागी धावक हुन्। उनले सन् २०१८सागमा अन्नपूर्ण म्याराथन, सफल पोखराअन्तराष्ट्रीय म्याराथन समेत हात पारेकाराम्रो छन्। उनले यस खेलमा २६किलोमीटरका लागि भाग लिने निश्चितगरेका छन्।
•याम बहादुर लिम्बू ‘नुगो याम’
त्यस्तै करिब ३ वर्ष अगाडिबाट ट्रैल रन शुरुगरेका हङकङ निबासी ‘याम बहादुर लिम्बू‘नुगो याम’’ को सफलता र उनको कथालोभलाग्दो र रोचक मात्र छैन प्रेरणादायीसमेत रहेका छ्न्। उनको मिलनसार रमिजासिलो स्वभावले ङकङमा सम्पन्नछोटो र लामो दर्जनौँ खेलहरु जितिसकेकाराम्रा कुशल अनुभवी खेलाडी हुन्।‘गोर्खाली चिता’ को उपनामले परिचितउनले केही दिन अगाडी सर्बाधिकचुनौतीपूर्ण मानिने २९८ किलोमीटर लामोहङकङ फोर ट्रैल अल्ट्रा च्यालेन्जप्रतियोगितामा प्रथम स्थान हासिल गरेरविश्वकै एलिट धावकको रुपमा आफुलाईथप प्रमाणित गरेका छन्। यस खेलमाउनले पनि २६ किलोमीटरतर्फ भाग लिनेभएका छन्।गत वर्ष ट्रैलब्लेजरमा उमेरसमुहमा प्रथम स्थान हासिल गरेका थिए।
•दिनानाथ बगाले
हङकङ र चीनमा मात्र हैन जापानको १६८किलोमिटर लामो माउन्ट फुजि अल्ट्रा रन रफ्रान्सको १७२ किलोमीटर लामो युटिएमबिजस्ता बिख्यात दौडहरुको अनुभव लिएकादिनानाथ बगाले लामो दौडमा रुचिराख्छन्। दर्जनौं दौडमा भाग लिई सफलतासमेत हासिल गरिसकेका उनले पनि २६किलोमीटर तर्फ सहभागी हुँदैछन्।
सन्तोष तामाङ
कुनै ताका ट्रैल रनमा तहल्का मच्चाएकासन्तोष तामाङ नेपालखबर हङकङकारेडियो सम्वाददाता समेत हुन। ‘लोकलहिरो’ को उपमा पाएका उनी पछिल्लोसमयमा अलि निष्कृय देखिएका छन्। उनलेकेही प्रतियोगिताहरु ब्याक टु ब्याक जितेरकीर्तिमान कायम गरेका थिए भने भिभरामहङकङ १०० किमि तर्फ एशियामै तेस्रोस्थान समेत हासिल गरेका थिए। काम रदौडसँगै अगाडि बढाउन मुस्किल भएकोउनको अनुभव छ। ट्रेनिङ गर्न मनग्ये समय रवातावरण भए अझै पनि तहल्का मच्चाउनसक्ने जोस भएको बताउछन्। उनी गत वर्षट्रेल ब्लेजरमा १२ किमि तर्फ चौथो स्थानमाआएका थिए।
माया गुरुङ
केही म्युजिक भिडियो र गुरुङ भाषी फिल्मसमेत अभिनय गरेकी माया गुरुङ पछिल्लोसमयमा ट्रैल रन तर्फ जम्दै आएकी छिन्।स्वस्थ अप टु डेट गर्न पनि हाईकिङ गर्नथाले पछि बिस्तारै ट्रैल रन तर्फ आकर्षितभएकि हुन्। अहिलेसम्म दर्जनौं दौडमासहभागिता जनाई सकेकी माया टप टेनफिनिसर हुन्। गत टिम नेपालखबरकोतर्फबाट मायाले १२ किमि तर्फ सातौं स्थानहासिल गरेकी थिईन्।
मगेन्द्र राई
पूर्व तेक्वान्दो र टेनिस खेलाडी तथाप्रशिक्षक राई नेपालखबर हङकङकासमाचार संयोजक हुन्। ट्रैलब्लेजरमा टिमनेपालखबरका नेतृत्व गरेका राईले गत वर्षसमेत सहभागिता जनाएका थिए। राईलेगत वर्ष १२ किमि को निर्धारित दुरि १.३०मिनट भित्र पार गरेकोमा यो पटक १.१५भन्दा अगावै छिचोल्ने लक्ष्य राखेका छन्।उनी भन्छन ‘नेपालीहरुको गाथा र गौरबसङ्ग जोडिएको उक्त प्रतियोगितालाईसफल पार्न हरेक नेपालीहरुले साथ रसहयोग गर्न जरुरी छ।’
हरि लामा
जुडोका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षकलामा छिटफुट ट्रैल रनमा भाग लिँदै आएकाछन्। मिलनसार र सहयोगी भावना भएकालामाले नेपाल बाट हङकङको दौडमा भागलिन आउने धावकहरुलाई हौसला प्रदानगर्न रेस कोर्ष र चेक प्वाईन्टहरुमा पुग्दथे।उनी स्वस्थ रहन यस्ता किसिमकाईभेन्टहरुमा भाग लिनु पर्ने बताउछ्न्। गतबवर्ष समेत सहभागी जनाएका लामाले योपटक पनि १२ किमि तर्फ आफ्नो उपस्थितिजनाउने भएका छन्।
डोम राना
हङकङमा गीतकार र कविको छविबनाएका डोम राना स्वस्थ्य प्रतीसंबेदनसिल हुने व्यक्ति हुन। स्वस्थ रहन रदिमागलाई रिफ्रेस गर्न हाईकिङ वा ट्रैल रनगर्न उपयुक्त ठान्दछन। 'हेल्थ इज वेल्थ' भन्ने मान्यतालाई प्राथमिकता दिने डोम रोडम्याराथनमा समेत भाग लिँदै आएका छन्।यो वर्ष पनि गत वर्ष जस्तै १२ किमि तर्फटिम नेपालखबरको तर्फ बाट भागलिँदैछन। डोमले यो पटक डेढ घन्टा भित्रदुरि छिचोल्ने लक्ष्य राखेका छन्।
विश्वशान्ति स्थापनार्थ विभिन्न युद्धमाज्यान गुमाएको गोर्खाहरुको सम्झना रसम्मानमा गोर्खाट्रेलब्लेजर सन २०१८ बाटगोर्खा सेमेटरि ट्रस्ट र चाइल्ड वेल्फेरस्किमको संयुक्त आयोजनामा हरेक बर्षआयोजना हुँदै आएको छ।