कोलोराडोमा नेपाली जात्रा सम्पन्न, भोजपुरे दम्पत्ती लङमन्ट सिटीद्वारा अभिनन्दित।

✍नातिबाबु भट्ट,कोलोराडोअमेरिका।अमेरीका,नेपालीहरुको बाक्लो बसोवास रहेको कोलोराडोको लङमन्ट सिटीमा आयोजित नेपाली जात्रा सम्पन्न भएको छ । जात्रामा कलाकार तथा समाजसेवी द्धय हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठलाई स्थानीय लङमन्ट सिटीद्धारा भब्य समारोह बिच अभिनन्दन गरेको छ  ।

नेपाली जात्रा स्थानीय लङमन्ट सिटी तथा स्थानीय संघ संस्थाहरूको  सहयोग र समन्वयमा लङमन्ट डाउनटाउनमा सम्पन्न भएको हो । सोही समारोहमा  नेपाली समाज र नेपाल राष्ट्रकोलागी  हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ दुवैले नेपाली गीत, संगीत, कला, साहित्य र समाज सेवाको माध्यमबाट पुर्याएको योगदानको उच्च कदर गर्दै कोलोरडोवासी नेपालीहरुको पहलमा Longmont city  का मेयर Joan Peck ले नेपाली ढाकाटोपी, दोसल्ला, पुष्प गुच्छा तथा कदर पत्र प्रदानगरी अभिनन्दन गरेकी हुन्  ।

हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ दुवै नेपाली गीत, संगीत, कला र साहित्यका बिशिष्ठ प्रतिभा हुन । दुबैले बिगत ६ दसक देखि नेपाली गीत संगीत , साहित्य र समाज सेवामा अनवरत लागिरहेका छन् । यी दुबै नाता सम्बन्धले श्रीमान श्रीमती पनि हुन् ।

स्थानीय सुनन्दा डंगोलको संयोजन तथा कोलोराडोमा कृयाशिल नेवाःखलः लगायत बिभिन्न नेपाली संघ संस्थाहरुको जात्रामा बिशेष प्रस्तुती रहेको थियो । जात्रामा धिमेबाजा, लाखे, कुमारी, लाइभ ब्याण्ड, तथा अन्य बिभिन्न  राष्ट्रिय, लोक, नेवारी, शेर्पा गीत तथा संगितमा कुशल नृत्य प्रश्तुत गरेका थिए ।

कार्यक्रममा अभिनन्दित द्धय हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठले आफुहरूलाइ भब्य समारोह बिच अभिनन्दित गरिएकोमा सबैलाइ धन्यवाद दिएका थिए । त्यसैगरी सिटीअफ लङमन्टका मियर Joan Peck ले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गर्दै कला संस्कृती र सम्पदाले भरिपुर्ण देश नेपालका, नेपाली समाज र नेपाल राष्ट्रकोलागी  अमुल्य योगदान पुर्याएका जोडीलाइ अभिनन्दन गर्न पाउदा ज्यादै खुसीलागेको बताइन । त्यसैगरी सोही समारेहमा बोल्डरका मेयर Aaron Brocket     र काउन्टी कमिस्नार Marta Loachamin ले पनि कार्यक्रमलाइ संम्बोधन गरेका थिए ।

यहाका स्थानीयको उल्लेख्य सहभागीता रहको कार्यक्रममा नेपाली खाना, नेपाली पोशाक तथा बिभिन्न सुचना मुलक स्टलहरू राखिएका थिए ।  दिउसो ३.३० देखि सांझ ७ बजेसम्म आयोजित कार्यक्रम पुष्पा गुरूङले  संचालन गरेकी थिइन ।  कार्यक्रमको अन्तमा संयोजक सुनन्दा डंगोल  प्रवासमा यस्ता कार्यक्रमले हाम्रो परीचय संगै थोरै भएपनि नेपाली भाषा संस्कृतीको संरक्षण तथा पहिचाहनमा टेवापुग्ने बताउदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाइ धन्यवाद दिएकी थिइन ।

स्थानीय आदिवासी धेरै कम भएको अमेरीकामा संसार भरीका मानिसहरुको बसोबास रहेको छ । बिभिन्न देशका मानिसहरु आउंदा उनिहरुको भाषा संस्कृती संगै आएको हुन्छ ।  त्यस्ता भाषा संस्कृतीको जगेर्ना गर्न यहाका हरेक सिटीले कार्यक्रम बनाएको हुन्छ । त्यस्ता कार्यक्रमहरु सिटीसंग समन्वय गरेर  यिनीहरुका माझ कार्यक्रम देखाउदै जान सके बिश्वमाझ हाम्रो पहिचाहन गराउन सकिन्छ ।