लङमन्ट लायन्सद्धारा घरबार बिहिनहरुलाई सहयोग सामग्री बितरण
✍नातिबाबु भट्ट, कोलोराडो अमेरीका । कोलोराडोमा कृयासिल लङमन्ट हिमालयज् लायन्स क्लबले हरेकवर्ष नेपाली र अग्रेजी नयां वर्षको अवसर पारेर स्थानीय घरबार बिहिनहरुलाई खाना बितरण गर्ने कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिएको छ।अघिल्ला बर्षहरुमा लायन्सका पदाधिकारीहरुले घर घरमा नेपाली खाना तयार पारी लगेर बितरण गर्ने गरिएकोमा यसबर्ष बर्तमान परिस्थीतीको कारण त्यो संभव नभए पछि बजारमा उपलब्ध क्यानफुड,ड्राई फुड,ट्वाईलेट पेपर लगायतका सामग्री खरिद गरी घरबार बिहिनहरुका लागी खाना तथा अत्याबश्यक सामानको संयोजन,ब्याबस्थापन तथा बितरण गर्दै आएको स्थनीय संस्था आवर सेन्टरलाई हस्तान्तरण गरेको हो।
शनिवार बिहान क्लवका पदाधिकारीहरुले आवर सेन्टरका भोलेन्टियर कोर्डिनेटर बिल्ली भिल्लालाई ४ सय ६ पाउण्ड खाना तथा ट्वाईलेट पेपर हस्तान्तरण गरेका हुन्।हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष संजय प्रधान,सचिव जोशन श्रेष्ठ र कम्यूनिकेसन चेयर नाति बाबु भट्टको उपस्थिती रहेको थियो।लायन्सले कर्मभुमी अमेरिकामा र जन्मभुमी नेपालमा घरवार बिहिन तथा खाना बिहिनहरुलाई खाना बितरण,ब्लड डोर्नेसन,बृक्ष रोपण,नेपाली भाषा शिक्षा,आंखा परिक्षण तथा चश्मा बितरण,दुखी पिडीतहरुलाई सहयोग, बिभिन्न सामाजिक संघ संस्थाहरुको स्तर उन्नतीको लागी सहयोग जस्ता बिभिन्न किसिमका सामाजिक तथा सांस्कृतीक कार्यक्रमहरु गर्दै आएको छ।